दफा १९७
फैसला गर्नु पर्ने

(१) यस परिच्छेद बमोजिम मुद्दाको सुनुवाई सम्पन्न भएपछि सामान्यतया सुनुवाई सम्पन्न भएको दिनमा नै अदालतलेनिर्णय गर्नु पर्ने विवादको विषयमा निर्णय गरी राय किताबमा अभिलेख गर्नु पर्नेछ।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “राय किताब” भन्नाले न्यायाधीशलेमुद्दामा ठहर गरेको विषय र त्यसका आधार संक्षिप्त रूपमा अभिलेख गर्न अदालतमा राखिएको किताब सम्झनु पर्छ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १९२ को उपदफा (३) बमोजिम बहस नोट दाखिला गर्न अदालतबाट आदेशभएकोमा अदालतले बहस नोट प्राप्त भएको मितिले सात दिनभित्र निर्णय गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम मुद्दाको ठहर गर्नु पर्ने विषयमा जटिल कानूनी वा तथ्यगत प्रश्न समावेश भएकोले त्यस्तोविषयमा सोही दिन ठहर गर्न नसकिने भए कुन विषयको कानूनी वा तथ्यगत जटिल प्रश्न समावेश भएको हो त्यसको कारणखुलाई अदालतले आदेश दिएमा बढीमा पन्ध्र दिनभित्र निर्णय सुनाउने दिनको तारिख तोक्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम तारिख तोकिएकोमा अदालतले सो दिन मुद्दाको ठहर गरी राय किताबमा अभिलेख गरी पक्षहरूलाईनिर्णय सुनाउनु पर्नेछ ।
(५) अदालतबाट एकतर्फी फैसला भएकोमा त्यसरी फैसला गर्ने अदालतले त्यस्तो फैसला तयार भईप्रमाणीकरण भएको मितिले तीस दिनभित्र मुद्दामा उपस्थित नरहेको पक्षलाई फैसलाको अनुसूची-२० बमोजिमकोढाँचामा परिच्छेद-८ को प्रक्रिया पूरा गरी सूचना तामेल गर्नु पर्नेछ र त्यस्तो सूचना तामेल हुन नसकेमामुद्दामा उपस्थित नरहेको पक्षको जानकारीको लागि राष्ट्रियस्तरका दैनिक पत्रिकामा एकतर्फी फैसला भएकोसूचना प्रकाशन गर्नु पर्नेछ।
(६) अदालतबाट फैसलाको लागि सुनुवाईको मिति तोकिएकोमा त्यसरी तोकिएको मिति अगावै मुद्दाको सम्पूर्ण तथ्यहरू रबुझिएका प्रमाण सहितको व्यहोरा अभिलेख गरी मुद्दामा ठहर गर्नु पर्ने विषय पनि यकिन गरी दफा १९१ बमोजिम मिसिलसामेल राख्नु वा राख्न लगाउनु पर्नेछ ।
(७) मुद्दा किनारा भई राय किताबमा लेखिएको अदालतको निर्णयको व्यहोरा सम्बन्धित कुनै पक्ष वा निजको कानूनव्यवसायीले लिन चाहेमा अदालतले त्यस्तो व्यहोरा प्रमाणीकरण गरी पक्षलाई उपलब्ध गराउनु पर्नेछ ।